काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर १ हजार १५७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
१० हजार ६५२ पीसीआर परीक्षण गर्दा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो । आज काठमाडौं उपत्यकामा मात्रै ३३५ जना संक्रमित थपिएका छन् । भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौंमा २६५ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बुधबार) काेराेना संक्रमणबाट थप ८ जनाकाे मृत्यु भएकाे छ भने १ हजार ११३ जना निकाे भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।
३५४ जना आईसीयूमा छन् भने ९९ जना भेन्टिलेटरमा छन् ।




