काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर १ हजार ७८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । यस्तै आज (बिहीबार) १२ जना संक्रमितकाे मृत्यु भएकाे छ भने ९११ जना निकाे भएका छन् ।
हाल १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन् । आईसीयूमा ३५३ र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् ।
पछिल्लाे अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८६ हजार ६१४ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १३५ जनाको मृत्यु भएको छ ।
आज काठमाडौं उपत्यकामा मात्रै ३६९ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २६७, ललितपुरका ६५ र भक्तपुरका ३७ जना छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा थप १७४, प्रदेश २ मा १६, बागमती प्रदेशमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गण्डकीमा १०३, लुम्बिनीमा ८६, कर्णालीमा ३६ र सुदूरपश्चिम प्रदेशमा २८ जना संक्रमित थपिएका छन् ।




