काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल मौसम देशभर आंशिक (धेरै खुला, थोरै बादल) देखि सामान्य (धेरै बादल, कम मात्र खुला) बदलीको अवस्था छ । गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
यस्तै आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म) देशभर मौसम सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र अरू प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
यस्तै राति (भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म) मौसम देशभर आंशिक देखि सामान्यसम्म बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।




