नयाँ दिल्ली । भारतको केरलमा छात्रले छात्राको हत्या गरेका छन् । कोट्टायम जिल्लाको सेन्ट थमस कलेज पालामा शुक्रबार बिहान करिब ११ः३० बजे उनको हत्या भएको हो । पीडितको पहिचान कलेजमा फूड टेक्नोलोजीका छात्रा निधि मोलका रुपमा भएको थियो ।
छात्र शुक्रबार आफ्नो परीक्षाका लागि कलेज परिसर पुगेका थिए । तर परीक्षा पछि अप्रिय घटना घट्यो । मृतकका सहपाठी अभिषेक बैजूले पीडित छात्राको गर्धनमा प्रहार गरेका थिए । युवती रोएको आवाज सुनेर पुगेका एक व्यक्तिले भने, ‘उनको गर्धनमा गहिरो काटिएको थियो । कलेजको गाडी त्यहाँबाट गइरहेको थियो, त्यसै समय अन्य छात्र पनि घटनास्थल नजिक थिए ।’
युवतीलाई नजिकैको अस्पतालमा लगियो तर उनको मृत्यु भयो । सञ्चार माध्यमसँग कुरा गर्दै प्रत्यक्षदर्शीले भने, ‘घटनापछि अभिषेक छेउकै बेन्चमा बसेको थियो । प्रहरी जब घटनास्थल पुग्यो, तब उनी प्रहरी भ्यानमा गए । अनुसन्धान अधिकारीका अनुसार युवतीको आमासँग कुराकानी गर्न बाँकी छ । हत्या गर्ने युवकको पनि बयान संकलन भइरहेको छ । कोट्टायम प्रहरी अधिकृत शिल्पा दयावैयाले भनिन्, ‘हत्या गर्ने युवक पीडित युवतीको क्लासमेट भएको खुलेको छ । उनलाई हिरासतमा लिइसकेका छौँ ।’
कलेजका सुरक्षा गार्डका अनुसार उनले दुवैले बहस गरिरहेको देखेका थिए ।




