भारतको कर्नाकटको बेलगाममा २८ सेप्टेम्बरमा रेलवे ट्रयाकमा एक २४ वर्षीय युवकको शव फेला पर्यो । अहिले सो घटनाले नयाँ मोड लिएको छ । अन्तर धार्मिक प्रेम सम्बन्धका कारण हत्या भएको बताइएको छ । ‘द इन्डियन एक्सप्रेस’ का अनुसार अरबाज आफताब मुल्लाको शव क्षत–विक्षत अवस्थामा भेटिएको थियो । पोस्टमार्टम पश्चात उनको हत्या भएको प्रहरी स्रोतले जनाएको छ ।
गएको केही वर्षयता एक हिन्दु युवतीसँग ती युवक प्रेम सम्बन्धमा थिए, प्रहरीले अनुसन्धान यतातर्फ पनि माेडेकाे छ । अरबाजकि आमा नजिमा शेखले प्रहरीमा दिएकाे उजुरीमा युवककाे हत्यामा युवतीका पीता, भाइ र हिन्दुवादी संगठनका केही मानिसहरू संलग्न हुन सक्ने शंका व्यक्त गरेकि छिन् ।
बेलगमकाे आजम नगर निवासी अरबाज सिभिल इन्जिनियरिङ ग्रेजुएट थिए । उनी बेलगामकाे सिटीमा कार डीलरका रूपमा काम गर्थे । २८ सेप्टेम्बरकाे दिन जब उनकाे शव मिल्याे तब रेलवे प्रहरीले सुरूवातमा अस्वभाविक मृत्युकाे मुद्दा दर्ता गरेकाे थियाे । तर पाेस्टमार्टम रिपाेर्टमा टाउकाेमा कुनै चीजले हिर्काएकाे निशान मिलेपछि यसलाई हत्याको रुपमा अनुसन्धान सुरु गरियो ।
एसपी (रेलवे) श्री गाैरीले इण्डियन एक्सप्रेससँग भने, ‘पीडितकि आमाले जब उजुरी दर्ता गराइन्, तब हामीले आईपीसी ३०२ (हत्या) मुद्दा दर्ता गरियाे । यदि पीडितकाे मृत्यु ट्रेनकाे कारणले हाे भन्ने पुष्टि भएन भने यस घटना अनुसन्धानका लागि बेलगाम जिल्ला प्रहरी कार्यालय ट्रान्सफर गरिने छ ।’
बेलगाम जिल्ला प्रहरीका एक वरिष्ठ अधिकारीले पत्रिकालाई बताए अनुसार अहिलेसम्म घटना आधिकारिक रूपमा ट्रान्सफर गरिएकाे छैन् तर उनीहरूले जानकारी संकलन गरेका छन् । ती संकलित जानकारीले अरबाजकाे हत्या हिन्दु युवतीसँगकाे प्रेम सम्बन्ध कारण हुन सक्ने संकेत गरेकाे देखिन्छ । प्रहरी स्राेतले भन्याे, ‘सबै आराेपीकाे पहिचान भइसकेकाे छ । प्रेम सम्बन्ध एक मुद्दा थियाे र त्यसलाई लिएर दुवै पक्षबीच धेरै कुराकानी भएकाे थियाे । यस घटनामा एक दक्षिणपन्थी अतिवादी संगठनका व्यक्ति पनि सामेल हुन सक्ने आशंका छ ।’
प्रेम सम्बन्धबारे जानकार थिए परिवार
अरबाजकि आमा सरकारी विद्यालयकि शिक्षिका हुन् । उनले पत्रिकालाई बताए अनुसार छोराको प्रेम सम्बन्धबारे उनी जानकार थिइन् । उनले भनेकि छिन्, ‘युवतीको परिवार र हाम्रो परिवार यो सम्बन्धबारे जानकार थियोँ । हामी बेलगाममा बस्थ्यौँ । मैले युवतीको आमालाई आफ्नी छोरीलाई अरबाजसँग भेट्न रोक्न भनेकी थिएँ । मैले अरबाजसँग पनि यो कुरा गरेकि थिएँ । तर हामीलाई उनीहरूको परिवारले धम्की दिइरहेका थिए, यसकारण हामी त्यो ठाउँ छोडेर बेलगाम सिटी आएका थियौँ ।’
नजीमाले तीन वर्ष पहिले नै आफ्नो श्रीमान् गुमाएकी थिइन् । उनको छोरी इन्जिनियर हुन्, जो लण्डनमा बस्छिन् । नजीमाका अनुसार बेपत्ता हुनु दुई दिनअघि अरबाजले दुई हिन्दु कार्यकर्तासँग भेटेका थिए, जसमध्ये एकको नाम महाराज थियो । उनीहरूले अरबाजको परिवारलाई धम्की दिएका थिए ।
‘२६ सेप्टेम्बर अरबाज र म त्यहाँ गएका थियौँ, उनीहरू सबैको सहभागीतामा हामीले ती युवतैको सबै तस्वीर फोनबाट डिलेट गरेका थियौँ । उनीहरूले हामीसँग केही रकम पनि लिए । अरबाजले पुरानो सिमकार्ड पनि फालेर नयाँ लिएको थियो । म पासपोर्टको कामले २८ सेप्टेम्बरमा गोवा गएकि थिएँ, त्यतिबेला साँझ ६ बजेसम्म अरबाज घरमा एक्लै थिए । जब म घर फर्किएँ, छोरा घरमा थिएन । भोलिपल्ट प्रहरीले कल गरेपछि उनी अब जिवित छैनन् भन्ने थाहा भयो ।’




