काठमाडाैं । कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ । पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे हाे ।
पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खस्दा जीपमा सवार ८ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
जीपमा सवार एक जना घाइते भएका छन् । दुर्घटनाको कारण र मृतकको परिचय भने खुलिसकेको छैन ।
जीपमा ९ यात्रु सवार थिए । उनीहरू घान्द्रुक घुम्न गएको प्रहरीले जनाएकाे छ ।






