काठमाडाैं । नेपालमा पछिल्लाे केही दिनयता काेराेना संक्रमण दर घटिरहेकाे छ । आज (बिहीबार) ४५५ जनामा संक्रमण पुष्टि भएकाे छ । ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार ७९२ जनामा संक्रमण पुष्टि भएकाे थियाे भने बुधबार ३६५ संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८०४ जना निकाे भएका छन् । याेसँगै निकाे हुने काेराेना संक्रमितकाे संख्या ७ लाख ७९ हजार १५४ पुगेकाे छ । देशभर हाल १३ हजार ८५३ जना सक्रिय संक्रमित रहेका छन् ।
३१० जना आईसीयू र १०५ जना भेन्टिलेटरमा उपचाररत रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । यही अवधिमा थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार २६९ जनाको मृत्यु भइसकेको छ ।




