काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै आज (आइतबार) ६८० जना कोरोना संक्रमित निकाे भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।




