काठमाडाैं । ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा साे घटना घटेकाे हाे । दुर्घटनामा परेर मैवाखोला-२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गए राति बिरामी लिएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ जाँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्केडाँडामा दुर्घटनामा परेको हो । एम्बुलेन्स साँघुरो सडकबाट झन्डै ५० मिटर तल खसेको थियो ।






