काठमाडाैं । सल्यानमा बस दुर्घटनापछि ज्यान गुमाएका ८ जनाको शव सनाखत भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा सल्यान छत्रेश्चरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली, घोराही उपमहानगरपालिकाका ६५ वर्षीय इन्द्रा अधिकारी, दाङ बबई गाउँपालिका ६ पञ्चकुलेका ७० वर्षीया कलावती बुढाथोकी रहेका छन् ।
यस्तै दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ का ६१ वर्षीया मीना डाँगी, ३ का ६६ वर्षीया लीला बुढाथोकी, शान्नि त्रिवेणी नगपालिका–१ काभ्राका २४ वर्षीया मीना शाही र बबई गाउँपालिका–४ दाङका ६० वर्षीया डुली देउकाे पनि दुर्घटनामा निधन भएकाे छ ।
घटनापछि फरार रहेका चालकको भने खोजी कार्य भइरहेको सल्यान प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी अहिलेसम्म १२ जनाको ज्यान गएको छ भने १८ जना घाइते रहेका छन् ।






