झापा । झापामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यसैगरी २३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका-८ स्थिति बिरिङ पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस पत्ती भाँच्चिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते गम्भीर घाइते भएका पुरुषकाे उपचारकाे क्रममा बिर्तामाेडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । मृतककाे सनाखत भने हुन सकेकाे छैन । घाइतेहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।






