काठमाडौं । बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) अरुसँग मागेर खाने कमजोर जातीय र क्षेत्रीय शक्ति नभएको बताएका छन् । शुक्रबार जसपाका शीर्ष नेताको सामूहिक तस्बिर सार्वजनिक गर्दै बाबुरामले यस्तो बताएका हुन् ।
जसपा संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री भट्टराईले जसपा कमजोर जातीय र क्षेत्रीय शक्ति नभएर सच्चा राष्ट्रिय शक्ति बन्नु पर्ने बताएका हुन् । ‘जसपा अरूसंग मागेर खाने कमजोर जातीयरक्षेत्रीय शक्ति हैन सच्चा राष्ट्रिय शक्ति बन्नु छ’, बाबुरामले ट्वीटरमा लेखेका छन् ।
शुक्रबार जसपा पदाधिकारीको बैठक सौहाद्र्रपूर्ण र गम्भीर वातावरणमा सुरु भएको भन्दै बाबुरामले यस्तो बताएका हुन् । उनले उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको समाधानका निम्ती अग्रणी भूमिका खेल्नुपर्ने समेत बताए ।
‘जसपाको पदाधिकारी वैठक सौहार्द्रपूर्ण र गम्भीर वातावरणमा शुरू भएको छ । उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको अग्रगामी समाधान निम्ति अग्रणी भूमिका खेल्नैपर्छ’, बाबुरामले अगाडि लेखेका छन् ।






