काठमाडौं । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा टेकु काठमाडौंले कटहरिया नगरपालिकाका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कटहरिया नगरपालिकाका उपप्रमुख रितादेवि यादव तथा स्वास्थ्य स. संयोजक दिनेश प्रसाद यादवको संयुक्त पहलमा विभागले स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।
स्वास्थ्य सामग्रीहरुमा Portable USG machine -1 थान, Digital BP set -1 थान, Manual BP set- 3 थान, Nebulizer Machine – 2 थान, नाभि मलहम -3000 पिस, Pulse Oxymeter -4 थान, Oxygen Concentrator 10ltr- 2 थान, Digital Thermometer -6 थान, Paracetamol 500 mg -5000 थान, Mask (Covid-19) – 10000 थान, Hand Sanitizer 200 ml -40 थान, Gum Boot (covid-19) – 10 जोडी, Gloves – 2000 जोडी र जीवन जल-500 थान १०० थान रहेका छन् ।




