रौतहट । कटहरिया नगरपालिका ५ कटहरिया बजार डेरा गरी बस्ने भारत बिहार सितामढी भलुआहा ग्राम बस्ने १९ वर्षीय शिवम महतोलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय २० ट्याब्लेटसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




