रौतहट । बौधीमाई नगरपालिका ७ बंकुलबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित भारत बिहार मोतिहारी ग्राम घोडसन बस्ने ३३ वर्षीय टुना दासलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले बाराबाट रौतहटतर्फ आउँदै गरेको बिआर ०५ एएफ ३७८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




