रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको होटल ए एन प्लाजाको भान्साबाट दुषित खानेकुरा बरामद भएको छ । होटलको भान्सामा कुहिएका मासु, सडेगलेका मासुजन्य परिकार फेला पारि नष्ट गरिएको छ ।
इलाका प्रशासन कार्यालय चन्द्रपुरका अनुसार पकाउन तयार पारेको दुषित मासु बरामद गरि नष्ट गरिएको छ । सडेगलेको अखाध्य मासुजन्य पदार्थ बिक्री गरेको पाईएकोले बरामद गरि नष्ट गरिएको जनाइएको छ ।




