रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको जनज्योति बहुमुखी क्याम्पसको इकाई समितिको सभापतिमा भिमराज अधिकारी सुशील चयन भएका छन् । बुधबार क्याम्पसमा नेवि संघ रौतहट जिल्ला कार्य समितिको आयोजनामा भएको इकाई सभापति चयन प्रक्रियामा अधिकारी निर्विरोध रुपमा चयन भएका हुन् ।
प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका मधेस प्रदेश सदस्य सुर्य थापा, नगर सभापति मुकेश गिरि, महासमिति सदस्यहरु नवराज देवकोटा, देवराज कार्की, महाधिवेशन प्रतिनिधि सुवास कोइराला, वडा नम्बर ५ का वडाध्यक्ष ५ निलहरी कोइराला, कांग्रेसका जिल्ला सदस्य श्यामहरी चौलागाईं, पुर्व इकाई अध्यक्ष सुमन गौतम, स्वविवयु सभापति संगम श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।




