महोत्तरी । नेपाल सितारियाे कराँते संघ महाेतरीले ५ जनालाई सम्मान गरेकाे छ । नेपाल सितारियाे कराँते महासंघ मधेश प्रदेशकाे फागुन २० गते भएको भेलाबाट चयन भएका ५ जना पदाधिकारीहरुलाई सम्मान गरिएको नेपाल सितारियाे कराँते संघ महाेतरीका अध्यक्ष देव कुमार लामाले जानकारी दिए ।
महाेतरी क्षेत्र नम्बर १ प्रदेश सभा (क) कि प्रदेश सभा सदस्य शारदा देवी थापाकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल सितारियाे कराँते महासंघ मधेश प्रदेश समितिका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र काेषाध्यक्ष गरि ५ जना नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको आयाेजकले जनाएको छ ।
सम्मानित हुनेमा नेपाल सितारियाे कराँते महासंघ मधेश प्रदेशका नव निर्वाचित अध्यक्ष राम चन्द्र ठाकुर, वरिष्ठ उपाध्यक्ष अशाेक कुमार पहाडी, उपाध्यक्ष जिवछ भगत, सचिव कसम लामा र काेषाअध्यक्ष पाल्छाङ याेन्जन रहेका छन् ।
नव निर्वाचित पदाधिकारीहरुलाइ महाेतरी क्षेत्र नम्बर १ प्रदेश सभा (क) कि प्रदेश सभा सदस्य थापाले सम्मान पत्रका साथ सम्मान गरेकी नेपाल सितारियाे कराँते संघ महाेतरीका सचिव जीवन कुमार लामाले जानकारी दिए ।




