रौतहट । स्ववियु निर्वाचनमा रौतहट जिल्लाको जनज्योति बहुमुखी क्याम्पसमा यस पटक नेविसंघको प्यानल नै विजयी भएको छ । संगम श्रेष्ठको नेतृत्वमा रहेको प्यानल नै विजयी भएको हो ।
निर्वाचनमा नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ), वाम गठबन्धनको संयुक्त प्यानल र जनता समाजवादीको समाजवादी विद्यार्थी युनियन चुनावी मैदानमा उत्रिएका थिए ।




