सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १ का ६० जना महिलाहरुलाई साडी वितरण गरिएको छ । नेपाल कुशवाह कल्याण समाज लालबन्दी नगरपालिका १ नवलपुरको आयोजनामा मातातिर्थ औँसीको साथै मिथिलाञ्चलमा मनाईने जुड सितलको अवसर पारेर ६० वर्ष उमेर कटेका र एकल महिलाहरु गरि ६० जनालाई साडी वितरण गरिएको नेपाल कुशवाह कल्याण समाज लालबन्दी नगर कमिटिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल कुशवाह कल्याण समाज लालबन्दी नगर कमिटिका अध्यक्ष महतोका अनुसार एकल महिला ५ जना र ६० वर्ष उमेर कटेका ५५ जना गरि ६० जनालाई साडी वितरण गरिएको हो । नेपाल कुशवाह कल्याण समाज लालबन्दी १ का प्रदिप कुमार महतोको अध्यक्षता तथा नेपाल कुशवाह कल्याण समाज लालबन्दी नगर कमिटिका अध्यक्ष महतोको प्रमुख आतिथ्यतामा माताथिर्त औँसी र मिथिलाञ्चलको जुड सितल पर्वको अवसरमा साडी वितरण गरेको हो ।




