बारा । प्रधानाध्यापक सरुवाको विषयलाई लिएर बारामा विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका छन् । सूवर्ण गाउँपालिकाका विभिन्न विद्यालयको प्रधानाध्यापक सरुवा विवादमा विद्यार्थीले प्रदर्शनसहित विद्यालय तोडफोड गरेका हुन् ।
विद्यार्थीहरुले कार्यलयमा तोडफोड गर्नुका साथै १० वटा मोटरसाइकलमा आगजनी समेत गरेका छन् । सूवर्ण गाउँपालिकाको बैठक बसिरहेका बेला विद्यार्थीहरुले तोडफोड गरेका हुन् ।
प्रदर्शनका क्रममा विद्यार्थीहरुले गरेको ढुंगामुढाबाट ९ जना सुरक्षाकर्मी घाइते भएका छन् । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले २ दर्जन राउण्ड अश्रुग्यास पनि फायर गरेको थियो ।
फायरका क्रममा प्रहरी जवान सुरेन्द्र खत्वे मण्डलको अनुहारमा चोट लागेको छ । यसैबीच सरुवाको शिक्षक महासंघ पर्साले पनि विरोध गरेको छ । महासंघले वीरगंजमा धर्ना सुरु गरेको छ ।




