धनुषा । धनुषाको ढल्केबरमा इनारभित्र एक पुरुषको शव फेला परेको छ । बिहिबार बिहान ढल्केबरस्थित दक्षिण चोकमा रहेको इनारभित्र एक पुरुषको शव फेला परेको हो ।
स्थानीयवासीले इनारभित्र शव रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । अहिले प्रहरी टोली र नं २ छिन्नमस्ता बाहिनीको टोली शव निकाल्ने प्रयासमा जुटेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
इनार गहिरो रहेकाले निकाल्ने प्रयास भइरहेको छ । शवको पहिचान तत्काल हालसम्म खुल्न सकेको छैन ।




