रौतहट । रौतहटको बौधीमाई नगरपालिका–८ स्थित सरमुजवा बजारमा शनिबार एक कामदारको मृत्यु भएको छ । बंकुल बजारस्थित जय माता दी सोनाक्षी कबाड सेन्टरमा काम गरिरहेका कामदारको सामानले थिचेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बारा सिम्रौनगढ नगरपालिका-७ कवलपुरका उमाकन्त साह रहेका छन् । सामान मिलाउने क्रममा थिचेर घाइते साहलाई उपचारका लागि गौर अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।




