सप्तरी । सप्तरीमा घरायसी विवादपछि विष सेवन गरेकी एक महिलाको मृत्यु भएको छ । विष सेवन गरेको थाहा पाएपछि आफन्तले उनलाई अस्पताल लगेका थिए ।
सप्तरी राजगढगाँउपालिका वडा नं १० बर्दाहीकी २२ वर्षीया संगीता यादवले सासुसँग घरायसी विषयमा विवाद भएपछि गत मंगलबार विषादी सेवन गरेकी थिइन् ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सामान्य उपचार पश्चात थप उपचारको लागि उनलाई न्यूरो अस्पताल विराटनगर लगिएको थियो ।
उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा शुक्रबार राति ८ः३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




