सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका ७ स्थित अनुबरा खोलामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने एक जना गंभिर घाइते भएका छन् । चन्द्रनगर गाउँपालिका ७ स्थित अनुबरा खोलामा भुस लोड गरेर बयलबासबाट ब्रम्पुरी तर्फ जाँदै गरेको ट्रकले विजुलीको तारमा छुदा एक जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।
ना ४ ख ६९७६ नंम्बरको ट्रकले बिजुलीको तार छुँदा ट्रकमा करेन्ट लाग्दा ट्रकका लेबर रौतहटको विश्रामपुर गाउँपालिका २ का अन्दाजी वर्ष २४ का संजय मुखियाको ज्यान गएको र ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का अन्दाजी वर्ष ५२ का प्रेमबहादुर राउत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गम्भीर घाइते भएका ट्रकका चालक राउतलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगन्ज पठाईएको प्रहरीले जनाएको छ । आगलागीबाट ट्रकको अगाडिको २ वटा र पछाडिको ४ वटा टायरमा क्षेति भएको छ ।




