रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका ८ बसबिट्टि जिंगडियाका ५० वर्षीय शेख साह महम्मदको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधबार दिउँसो साढे ३ बजे घरमा खाना पकाउने क्रममा करेन्ट लागेर उनी घाइते भएको थिए । प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घटना बारे थप अनुसन्धान भइरहेको छ ।




