रौतहट । रौतहटमा प्रशोधित पिउने पानीको बोतलमा लेउ भेटिएको छ । रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरको एक पसलमा पिउने पानीको बोतलहरुमा हरियो लेउ भेटिएको हो ।
रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरको एक पसलमा पिउने पानीको बोतलहरुमा हरियो लेउ तथा फोहोर देखिएको हो । उक्त पानी मुन वेभरेज इन्डष्ट्रिज प्रा.लि. चन्द्रपुर–५ को उत्पादन हो । बोतलमा भरिएको पानीमा समेत लापरबाही देखिनु जनस्वस्थ्यमाथिको खेलबाड हो ।
पछिल्ला दिनहरुमा मानिसले स्वास्थ्यको ख्याल गर्दै बोतलको पानी किनेर पिउने गरेपनि यसको विश्वसनीयता कम हुँदै गएको छ । पानीमा कहिले कागज, प्लाष्टिकको टुक्रा, मरेका किरा आदि भेटिने गरेको छ ।




