वीरगंज । सहायक शाखा अधिकृत रंजित साहलाई मंगलबार कालोमोसो दलिएको छ । यातायात व्यवस्था कार्यालयका सवारी चालक अनुमती पत्र शाखा अधिकृत रंजित साहलाई कालोमोसो दलिएको हो ।
एनआईसी एसिया बैंक अगाडि अज्ञात समूहले मुखमा कालोमोसो दलेका हुन् । १२ दिन अगाडि नै वीरगंज यातायातबाट यातायात व्यवस्था कार्यालय गौर सरुवा भएपनि साह वीरगंजमै बसिरहेका छन् ।
वीरगंज कार्यालयले उनको रमाना समेत गौर पठाइसकेको छ । तर, साह भने दिनहुं वीरगंज यातायात कार्यालयमा गएर जबरजस्ती हाजिरी गर्न खोज्छन् ।
हाजिरी गर्न नपाउँदा कर्मचारीलाई विभिन्न डर धम्की दिन्छन् । ३ महिना काज सरुवा गराई वीरगंज आएका साह विगत १५ महिनादेखि यही छन् ।




