जनकपुरधाम । जनकपुर रेल्वे स्टेशनबाटै एक महिलाको लाखौं रुपैयाँ लुटिएको घटना सार्वजनिक भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ६ कठालकी सुनिता कुमारी यादवबाट २ लाख ७० हजार रुपैयाँ लुटेराले लुटेका हुन् ।
रेलमा चढ्ने वित्तिकै उनी बोकेको ह्याण्ड ब्याग गायब भयो, जुन ब्यागमा २ लाख ७० हजार रुपैयाँ थियो । जनकपुरको एनआइसी बैंकबाट निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमै लुटेराले २ लाख ७० हजार रुपैयाँ र १० हजार बराबरको सुनको गहना राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुरिताले बताइन् ।
उनका श्रीमान सञ्जु यादव खाडी मुलुकमा छन् । गाउँमा उनले जग्गा खरिद गरेकी थिइन् । जग्गाधनीलाई दिनकै लागि बैंकबाट निकालेर रुपैयाँ घर लग्ने क्रममा उनी लुटिएकी हुन् ।




