काठमाडौं । सांसद प्रभु साहलाई गौर हत्याकाण्डको मुख्य दोषी भन्दै कारबाहीको मागसहित सत्ता गठबन्धनमा आबद्ध दलहरूले प्रदर्शन गरेका छन् ।
रौतहटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्तरूपमा प्रदर्शन गर्दै प्रभु साहलाई कारबाही हुनुपर्ने माग गरेका हुन् ।
६ दलले साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । २०६३ चैत ७ गते मधेसी जनअधिकार फोरम र माओवादीबीच सदरमुकाम गौरमा झडप हुँदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाएका थिए ।




