सप्तरी । करेन्ट लागेर सप्तरीमा एक जनाको ज्यान गएको छ । गएराति करेन्ट लागेर अग्निसाइर कृष्णसावरण गाउँपालिका–४ बनौली बस्ने २५ वर्षीय मुकेशकुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।
खेतमा सिँचाइका लागि पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेका यादवलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो । यादवको उपचारमा क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




