सप्तरी । पोखरीमा डुबेर सप्तरीमा आज सोमबार दुई जना बालिकाको ज्यान गएको छ । पोखरीमा डुबेर बोदेबर्साइन नगरपालिकाका दुई बालिकाले ज्यान गुमाएका हुन् ।
बोदेबर्साइन १ धनगढीका विध्यानन्द साहकी ८ वर्षीया छोरी किरन र वडा नम्बर ६ फुलकाहीका धनराज साहकी ८ वर्षीया छोरी शिवानीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार भैँसीलाई पोखरीमा नुहाउन जाने क्रममा डुबेर दुवै बालिकाको ज्यान गएको हो । घटना स्थल सुरक्षित राखिएको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




