बर्दिबास । महोत्तरीको बर्दिबास बाढीको डुबानमा परेको छ । लगातारको वर्षाले खोलामा बाढीको सतह बढेसँगै डुबानमा परेको हो । यस्तै रातु, भब्सी, मडहा लगायतका खोला क्षेत्रमा बाढीको सतह बढ्दैं गएपछि स्थानीय त्रसित भएका छन् ।
खोलासँग जोडिएको बर्दिबास, भंगहा, लोहारपट्टी, बलबा र जलेश्वर नगरपालिकाका चालिस गाउँ बाढीको जोखिममा छ । विशेष गरेर महोत्तरीको दक्षिणी क्षेत्रका गाउँ डुबानमा पर्ने खतरा रहन्छ ।




