सर्लाही । सर्लाहीको बरहथवामा बाढीले बगाएर किसानको मृत्यु भएको छ । रौतहटको गढिमाई नगरपालिकाबाट हजरियातर्फ रहेको खेतमा काम गर्न आएका रौतहटको गढिमाई नगरपालिका २ समनपुर निवासी ६६ वर्षीय सहिद राय भाटको बागमती नदीमा आएको बाढीले बगाएर मृत्यु भएको हो ।
सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीको समनपुर घाटमा पक्की पुल भएपनि बागमती खोलामा आएको बाढीले दुवैतर्फ पानी पसेर जलमग्न बनेको छ । किसानले खेतको काम सकेर पुलसम्म पुग्न खोज्दा सर्लाहीतर्फ बरहथवा नगरपालिका ४ मा बागमती नदीको बाढीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनलाई बाढीले बगाइरहेको देखेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्याउदा अस्पतालले उनलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।




