सर्लाही । सर्पको डसाइबाट सर्लाहीमा एक बृद्व महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिला जिल्लाको लालबन्दी नगरपालिका १० की ६० वर्षिय इन्द्रमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
श्रेष्ठलाई गएराति घरमा सुतेको अवस्थामा सर्पले डसेको र त्यसपछि तत्काल उपचारको लागि जिल्लाको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
अहिले मृतक महिलाको शव परिक्षणका लागि जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा लगिएको र यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी कैलाश राईले जानकारी दिए ।




