रौतहट । नेपाल पत्रकार महासंघले पत्रकार फणि महतको उपचारका लागि सहयोग गरिदिन भन्दै अपिल गरेको छ । महासंघले सूचना जारी गदैं सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ । ब्रेन ट्यूमर रोगबाट ग्रसित पत्रकार फणि महतलाई सहयोग गरिदिन अनुरोध गरिएको हो ।
अन्नपूर्ण पोष्टका रौतहट संवाददाता तथा प्रेस चौतारी नेपालका मधेश प्रदेश अध्यक्ष महत चन्द्रनिगाहपुरस्थित रेडियो सुप्रिमका सञ्चालक समेत हुन् । महत एक वर्षभन्दा बढी समयदेखि टाउकोमा ट्युमरको समस्याका कारण अस्वस्थ रहेका छन् ।
काठमाडौंमा ब्रेन ट्युमरको उपचारमा ३५ लाख रुपैयाँभन्दा बढी खर्च भए पनि उनको स्वास्थ्यमा पूर्ण रूपमा सुधार हुन नसकेपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लानुपर्ने अवस्था आएकाले सहयोगको अपिल गरिएको छ ।
नेपालमा उपचारका क्रममा ठूलो रकम खर्चिएपछि अहिले उनको उपचारका लागि रकम अभाव भएको छ । उनको श्रीमती सुनन्दा कार्कीको नाममा रहेको बैंक खातामा सहयोग गर्न सकिने छ ।
खाता नं. २३९१५२४३४००२८८, नेपाल एसबीआई बैंक लिमिटेड, चन्द्रपुर शाखामा रकम जम्मा गरि सहयोग गर्न सकिनेछ । त्यस्तै, नेपाल पत्रकार महासंघको खातामा समेत रकम जम्मा गर्न सकिनेछ ।





