रौतहट । रौतहटमा एक पत्रकार माथि कुटपिट भएको छ । हिमालय टेलिभिजनका रौतहट संवाददाता राकेश यादवमाथि कुटपिट भएको हो । साथै उनी माथि दुर्व्यवहार गरिनुका साथै क्यामरामा क्षति पुगेको छ ।
वृन्दावन नगरपालिका वडा नं. १ बागमती साइडमा रहेको शिवम् क्रशर उद्योगमा रिपोर्टिङ गर्ने क्रममा पत्रकार यादवमाथि कुटपिट तथा दुर्व्यवहार भएको हो । पत्रकार कुट्नेलाई कारबाही गर्न स्थानीय प्रशासनलाई अनुरोध गरिएको छ ।




