सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका २८ वर्षीय अशोक चौधरी रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको हरिवन २, अत्रौली लालभित्तिमा निर्माण भइरहेको पुल निर्माणमा खटिएका चौधरीको हाइटेन्सन लाइनको तार छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्कालै उपचारको लागि हरिवनस्थित नमूना अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरी जनाएको छ ।




