रौतहट । रौतहटमा एक दम्पति झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको बौधीमाइ नगरपालिका २, इनर्वामा शनिबार राति करिव ८ बजे स्थानीय २२ वर्षिय राम दिनेश पटेल र उनकी २१ वर्षिया श्रीमती गीतादेवी मृत भेटिएका हुन् ।
परिवारका अनुसार उनीहरुको त्यस रात सामान्य विवाद भएको थियो । त्यसको केहि समयपछि उनिहरु आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अहिले मृतक दम्पतिको शव परिक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र यस घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




