रौतहट । रौतहटको परोहा नगरपालिका ९ रामपुर खापमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । रामपुरका ५० वर्षीय अवधेश पटेलको बुधबार करेन्ट लागेर मृत्यु भएको हो ।
दिउँसो खेतमा पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर पटेलको मृत्यु भएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




