सर्लाही । सर्लाहीमा जलाउन तयारी अवस्थामा रहेको एक विवाहित युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिका १ की २२ वर्षीय मनिषा शाहको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटना शंकास्पद भएको भन्दै प्रहरीलाई गोप्य सुचना प्राप्त भएपछि बुधबार साँझ घाटमै पुगेर शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारूले जानकारी दिए ।
पोस्टमार्टमका लागि युवतीको शव प्रादेशिक अस्पतालमा मलंगवा लगिएको छ । साथै अनुसन्धानका लागि उनका श्रीमान सुनिल शाह, ससुरा रामेश्वर शाह र देवर रामबहादुरलाई नियन्त्रणमा लिइएको छ ।




