रौतहट । सुतेको अवस्थामा रौतहटमा एक प्रहरी मृत फेला परेका छन् । फतुवा विजयपुर नगरपालिका स्थित इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियामा कार्यरत प्रहरी सहायक निरीक्षकको बिहिबार राति मृत्यु भएको हो ।
राति खाना खाएर सुतेका ४२ वर्षिय प्रसनी राउदागर महतो मृत फेला परेका हुन् । महतोलाई ओछ्यानामा सुतिरहेको अवस्थामा बोलाउँदा अचेत अवस्थामा भेटिएको कार्यालयमा रहेका अन्य प्रहरीले बताएका छन् ।
धनुषा घर भएका मृतक प्रसनी महतोको पोष्टमार्टम पछि मात्रै मृत्युको कारण थाहा हुने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




