रौतहट । रौतहटको बागमती नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको राजदेवी ९ का वीरेन्द्र दासको ११ वर्षीय छोरा गौतम दासको मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको बागमती नदीमा आइतबार दिउँसो नुहाउने क्रममा उनी डुबेका थिए ।
स्थानीयको सहयोगमा नदीबाट तत्कालै उद्धार गरी दासलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




