रौतहट । काठमाडौंबाट छोटो दुरीको मार्ग भएर दशैंमा रौतहट लगायत तराईका जिल्लामा आउने यात्रुसाग टाटा सुमोहरुले दोब्बर भाडा असुली गर्न गरेका छन् । दशैंको घटस्थापना सुरु भएदेखि नै सुमोहरुको ठगि सुरु भएको थियो । अहिले यात्रुहरु काठमाडौं फर्कने क्रममा समेत ठगि कार्य भइरहेको छ ।
काठमाडौंबाट रौतहट आउन टाटा सुमोको भाडा १ हजार रुपैयाँ एक जना यात्रुको भएपनि सुमोहरुले भने १ हजार ५ सय देखि २ हजार रुपैयाँसम्म असुली गरेको यात्रुहरुले गुनासो गरेका छन् । काठमाडौंबाट रौतहटको चन्द्रपुर आउने क्रममा टाटासुमोको कृतम अभाव सृजना गरेर ठगि गरेको एक यात्रुले बताए ।
दशैंका लागि चन्द्रपुर ओलर्ने यात्रुसँग दोब्बर भाडा असुली गर्दा पनि काठमाडौं र रौतहट प्रशासनले कुनै कार्बाही गरेको छैन । भीमफेदी, कुलेखानी रुटमा चल्ने सुमो कम्पनिहरुले यात्रु ठगि गरिरहेका हुन् ।
पहिले टाटासुमो छैन भन्ने पछी यात्रुसँग तोकिएको भन्दा दोब्बर भाडा लिने गरेको यात्रुहरु बताउँछन् । काठमाडौंबाट रौतहट आउने यात्रुहरुसँग प्रत्येक टाटासुमोले यात्रु ठगी गरिरहेका छन् । यात्रुलाई टिकट भने १ हजार रुपैयाँको थमाउने गरिएको छ ।




