बारा । बाराको कैलयामा गोली प्रहारबाट घाइते प्रिन्सिपलको मृत्यु भएको छ । मोटरसाइकलमा आएको अज्ञात समूहले बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि सोमबार दिउँसो गोली प्रहार भएको थियो ।
गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि बयोधा अस्पताल पुर्याइएको उनको उपचारको क्रममा मृत्यु भएको हो । उनको घाँटी र टाउकोमा गोली लागेको थियो । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




