सर्लाही । सर्लाहीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रामनगर गाउँपालिका १, खैरवाका मदन रायका अन्दाजी १८ वर्षिय छोरा कामोद राय यादव रहेका छन् ।
प्रहरीका अनुसार सोमबार बिहान ११ तिर खैरवास्थित मनुसमारा नदीमा तैरिएको अवस्थामा किशोरको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घर परिवारका अनुसार कामोद बिगत केहि दिन देखि बेपत्ता रहेका थिए ।
उनको मानसिक सन्तुलन पनि गुमेको बुझिएको तथा यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा लगेर पोस्टमार्टम गरि सोमबार दिउँसो नै परिवारजनलाई बुझाइ सकिएको प्रहरीले जनाएको छ ।




