रौतहट । सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ । सशस्त्रको इन्टलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाई नगरपालिका ३ स्थित एक घरबाट आइतबार हतियार बरामद गरेको हो ।
९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोलि १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सुचनाको आधारमा ब्युरोले आइतबार दिउँसो खानतलासी गरेको थियो ।
बरामद हतियारमध्ये २ नाल पेस्तोल ‘मेड इन युएसए’ र एक नाल ‘मेड इन इन्डिया’ लेखिएको छ । हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता समेत बरामद भएको छ ।




