काठमाडौं । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।
आज छापावाल सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ छ । यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर एक हजार ३९० पुगेको छ ।






