सर्लाही । जनता समाजवादी पाटि (जसपा) ले जिल्लामा पहिलो पटक अक्सिजन प्लान्ट स्थापना गर्ने जनाएको छ । कोरोना भाइरसको महामारीमा जनताले अक्सिजन नपाएर अकालमा ज्यान गुमाइरहेका बेला सांसद साहले सर्लाही जिल्लामा पहिलो पटक अक्सिजन प्लान्ट जडान गर्ने घोषणा गरेका छन् ।
सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रमोद साहले आफ्नो निर्वाचन क्षेत्रको हरिपुर नगरपालिकामा अक्सिजन प्लान्ट जडान गर्ने जानकारी दिएका छन् ।
‘अहिले करोनाको कारण अक्सिजनको कमीले दैनिक अप्रत्याशित रुपमा सर्लाहीमा मानिस मृत्यु भई रहेको छ त्यसैले यस्तो बेलामा मैले मेरो निर्वाचन क्षेत्रको हरिपुर नगरपालिकामा सर्लाही जिल्लाको पहिलो पटक एउटा अक्सिजन पलान्ट छिटै जडान गर्ने कुराको जानकारी गराउँदछु,’ उनले भने, ‘जसबाट पुरै जिल्लाबासीलाई ओक्सिजनको कमी हुन नदिन प्रतिबधाता जायर गर्दछु ।’






