काठमाडौं । प्रधानमन्त्री ओलीले आज शुक्रबार राष्ट्रका लागि सम्बोधन गर्दै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे । प्रधामन्त्री ओलीले प्रतिनिधि सभा विघटनपछि राजनीतिक परिवेश जटिल बनेको प्रशंगलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो सामाजिक सञ्जालमा ट्वीट गर्दै जो चोर उसको ठूलो सोर भनेर प्रधानमन्त्री ओलीप्रति कडा टिप्पणी गरेका हुन् ।
उनले अन्यथा अर्थ नलागोस् अवैधानिक र असंवैधानिक ढंगले कुर्सीमा टॉसिइरहनुभएका प्रम ओलीको यो अवैधानिक ‘बार्षिक नीति तथा कार्यक्रम’ वाचन र त्यसभित्रका असत्य र अर्धसत्य दावी र प्रतिपक्षी दल र नेतामाथि दुराशयपूर्ण कटाक्ष’ जो चोर उसको ठुलो स्वर’जस्तो लाग्यो । उनले कुराले चिउरा नभिज्ने बताउँदै अति गरे खति हुने दावी समेत गरे ।
प्रधानमन्त्री ओलीले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुलुक गम्भिर संकटतर्फ फसेको संकेत गरेका थिए । उनले आफ्नो बचाउ गर्दै विपक्षी दलहरुप्रति कडा टिप्पणी गरेका थिए । अर्थमन्त्रालयले आजै प्रकाशित गरेको आर्थिक सर्वेक्षण अनुसार दुइ दशक यताकै कमजोर आर्थिक बृद्धिदर रहेको प्रक्षेपण गरेको छ ।






